अनसन बसेका डा. गोविन्द केसीलाई पक्राउ गर्न सर्वोच्चको आदेश (आदेशसहित)

सहयात्रा टिभी

काठमाडौं । सर्वोच्च अदालतले अवहेलना मुद्दामा प्रा. डा. गोविन्द केसीविरुद्ध पक्राउ गर्न आदेश दिएको छ । अदालतको अवहेलना गरेको मुद्धामा सोमबार सुनुवाई गर्दै न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले म‌ंगलबार बिहान ९ बजे उपस्थित गराउन प्रहरीलाई आदेश दिएको हो ।

 

डा. केसीको नाममा जारी भएको विज्ञप्ति र समाचारहरु हेर्दा अदालतको फैसलाविरुद्ध जनमानसमा भ्रम पर्ने गरी न्याय व्यवस्था, न्यायपालिका र न्यायाधीशविरुद्ध अशिष्ट र अवहेलनाजनक अभिव्यक्ति उल्लेख गरेको पाइएको भन्दै आदेशमा भनिएको छ, । डा. केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै सोमबार आमरण अनसन सुरु गरेका छन् ।

प्रकाशित : 8 January, 2018

प्रतिक्रिया दिनुहोस्