डा. केसी पक्राउविरुद्ध पूर्वप्रधानमन्त्री सहित समर्थकरु सडकमा उत्रिए

काठमाडौ । पुष २५–
अदालत अवहेलनाको मुद्दामा पक्राउ परेका डा. गोविन्द केसीको रिहाइको माग गर्दै माइतीघरमा केसीका समर्थकहरू भेला भएका छन्। केसीका समर्थकहरुले रिहाइ र सर्वोच्चको फैसला खारेजीको माग राखी मंगलबार बिहानैदेखि प्रदर्शन शुरु गरेका हुन् ।
माइतीघरको प्रदर्शनमा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, कांग्रेस नेता गगन थापा, साझा विवेकशील पार्टीका संयोजक रविन्द्र मिश्र लगायत अग्रपंक्तिमा देखिएका छन् । प्रहरीले सर्वोच्च अदालत वरपर कडा पहरा दिइरहेका छन् । प्रदर्शनमा राजनीतिक दलका नेतादेखि विभिन्न पेसाकर्मी सहभागी छन् । पूर्वप्रधानमन्त्री भट्टराई र पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका थापाले समेत प्रदर्शनकारीहरुलाई आफ्नो साथ रहेको घोषणा गर्नुभएको छ ।
डा. केसीलाई सोमबार राति ८ बजे अनसनस्थलबाट नै पक्राउ गरिएको थियो । डा. केसीले सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा र उनले गरेका कामहरु बारे छानबिन गर्न माग गरेका छन्।
डा केसीले चार वर्षअघि बरखास्तमा परेका आइओएमका डिन डा शशि शर्मालाई सर्वोच्चले पुनर्बहाली गरेपछि सोको विरोध गरेका थिए। सोही प्रकरणमा उनले सोमबार दिउँसोबाट अनसन सुरु गरेका हो ।