केपी ओली प्रचण्ड माधव नेपाल एमाले


निर्वाचन आयोगमा हालसम्म १० दल मात्रै दर्ता, ठूला पार्टी एमाले र माओवादी केन्द्रले अझै दल दर्ता गरेनन्

सहयात्रा टिभी

काठमाडौँ । राष्ट्रियसभाको निर्वाचनका लागि निर्वाचन आयोगमा अहिलेसम्म १० वटा राजनीतिक दल दल दर्ता भएकाा छन् । आगामी माघ २४ गते हुन लागेको निर्वाचनका लागि अहिलेसम्म १० वटा राजनीतिक दलले ानत्र दल दर्ता गरेको हुन् । ठूला पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहित मधेशवादी दलले पनि अझै दल दर्ता नगराएको निर्वाचन आयोगले जनाएको छ ।

दल दर्ता गराउनेमा नेपाली काँग्रेस, राष्ट्रिय जनमोर्चा, नेपाल संघीय समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, बहुजन शक्ति पार्टी, नेपाल परिवार दल, नेपाल नौलो जनवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातन्त्रवादी, विवेकशील साझा पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले दल दर्ता गराएका छन् । आयोगले यही पुस १४ देखि २८ गतेसम्म राष्ट्रियसभाको निर्वाचनका लागि राजनीतिक दललाई दल दर्ताको समय दिएको हो । राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट ८ जनाका दरले ५६ जना निर्वा्चित हुनुपर्ने प्रावधान रहेको छ ।

प्रकाशित : 9 January, 2018

प्रतिक्रिया दिनुहोस्