केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आयल निगमले इन्धन ढुवानीका क्रममा हुने चोरी नियन्त्रण गर्न लकिङ्ग प्रणाली लागू

सहयात्रा टिभी

काठमाडौ । पुस–नेपाल आयल निगमले इन्धन ढुवानीका क्रममा हुने चोरी नियन्त्रण गर्नका लागि लकिङ्ग प्रणाली लागू गर्ने भएको छ।

पेट्रोलियम व्यवसायीले सिंकेज लस, वर्किङ लस र चुहावटका कारण आफूहरुले घाटा व्यहोर्नुपरेको भन्दै निगमले इन्धन ढुवानीका ट्याङ्करमा लकिङ्ग प्रणाली लागू गर्ने तयारी गरेको हो।

निगमको ४८ औं वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा प्रवक्ता विरेन्द्र गोहितले गन्तव्यसम्म पुर्याउने क्रममा इन्धन बाटोमा चोरी हुने समस्या समाधानका लागि लकिङ्ग प्रणाली लागू गर्न लागिएको जानकारी दिए।

आगामी माघ महिनादेखि झापाको चारआलीबाट ढुवानीका टंयाङ्करमा लकिङ्ग प्रणाली सुरु हुने उनको भनाइ छ। सरकारी निकायहरुको रोहवरमा पटक पटक गरिएको परीक्षणमा प्रति ४ हजार लिटर ल्याउँदा पेट्रोल ९९ र डिजेल ४८ लिटरसम्म अपुग रहेको देखिँदै आएको छ।

डिजल, पेट्रोल र खाना पकाउने ग्यासमा विश्व बजारअनुसार मूल्य समायोजन गर्दै आएको निगमले हवाई इन्धन र मट्टितेलमा पनि प्रत्येक महिना मूल्य समायोजन गर्ने तयारी गरेको छ।
खाना पकाउने ग्यासमा व्यहोर्नुपरेको घाटा कम गर्न सबै पदार्थमा मूल्य समायोजन गर्न लागेको कायमुकायम महाप्रबन्धक शुशिल भट्टराईले जानकारी दिए ।

प्रकाशित : 10 January, 2018

प्रतिक्रिया दिनुहोस्