केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पृथ्वीनारायण शाहको जन्मजयन्तीको नाममा पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय फिर्ता लिन महासंघको माग

सहयात्रा टिभी

काठमाडौँ । पुस २६– नेपाल आदिवासी जनजाति महासंघले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक सरकारले राजा पृथ्वीनारायण शाहको जन्मजयन्तीको नाममा यही पुस २७ गते राष्ट्रिय एकता दिवसका रुपमा मनाउने र सार्वजनिक बिदा दिने सरकारको निर्णयप्रति महासंघ ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघका अध्यक्ष जगतबहादुर बरामले बुधबार विज्ञप्ति जारी गरी बहुलता र विविधतायुक्त नेपाली समाजको यथार्थताबमोजिम परिवर्तनलाई संस्थागत गर्नुपर्नेमा आमजनताको चाहना र भावनालाई चोट पुग्ने गरी षडयन्त्रपूर्ण ढंगले एकल जातिरनश्ल, एकल संस्कृति, एकल धर्म र सम्प्रदायको वर्चस्व झन् भन्दा झन् स्थापित गराउने गरी एकल जातिवादी र नश्लवादी राज्यको पक्षपोषणमा नेपाल सरकार र यसका संयन्त्रहरु पछिल्ला दिनहरुमा क्रमशः अघि बढिरहेको यस निर्णयले थप पुष्टि गरेको महासंघको ठहर रहेको जनाएका छन् ।
विज्ञप्तिमा उल्लेख गरिएको छ, “असङ्ख्य नेपाली जनताको त्याग, तपस्या, योगदान र बलिदानमार्फत संविधानमा स्पष्ट रुपमा व्यवस्था गरिएको बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक, सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी लोकतन्त्रजस्ता मूलभूत मुद्धाहरूलाई खिल्ली उडाउँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकको मूल मर्म र भावनाविपरित कुनै बेला स्तुति गाउने र गाउन लगाउने ‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ । एउटै भाषा एउटै भेष प्राण भन्दा प्यारो छ ।’ भन्ने विभेदकारी नाराको झल्को दिने गरी गरिएको सरकारको निर्णयप्रति महासंघ घोर भत्र्सना र निन्दा व्यक्त गर्दछ ।”
साथै पुस २७ गतेको दिनलाई नेपालका आदिवासी जनताको स्वशासनलगायत सबै मूल्य र मान्यतालाई स्समाप्त पार्दै नीतिगत र संरचनागत रुपले दमन, शोषण, उत्पीडन र विभेदको जग बसाल्ने व्यक्तिको विरोधको रुपमा कार्यक्रमहरू गर्न गराउन आम आदिवासी जनजातिलाई विशेष आग्रह समेत गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : 10 January, 2018

प्रतिक्रिया दिनुहोस्