जाजरकोटमा भाईरल ज्वरोबाट मृत्यु हुनेको संख्या १३ पुग्यो

सहयात्रा टिभी

जाजरकोट । पुस २७– जाजरकोटमा भाईरल ज्वरोबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ । दुई साता यतादेखि विभिन्न गाउँमा फैलिएको भाइरल ज्वरोबाट मंगलबार र बुधबार थप दुई जनाको ज्यान गएको छ हो ।

भाइरल प्रभावित क्षेत्रमा उपचारमा खटिएका डा. पवन शाक्यका अनुसार मंगलबार बिहान जुनीचाँदे गाउँपालिका ३ रावलगाउँका ५४ वर्षीय लालबहादुर भण्डारीको ज्यान गएको छ । त्यस्तै, जुनीचाँदे ५ टिप्ककी ६५ वर्षीया कालु तिरुवाको पनि ज्यान गएको छ।

केही दिनदेखि उनलाई रुघाखोकी र ज्वरो आएको थियो। समयमा उपचार नपाएपछि उनको मृत्यु भएको जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीले बताए।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार अहिलेसम्म मृत्यु हुनेमा पाँच वर्षमुनिका सात बालबालिका र ५० वर्ष माथिका ६ जना छन्। जुनीचाँदे २ मजकोटबाट सुरु भएको भाइरल प्रकोप वडा नं १, ३, ४ को कोर्ताङ, वडा नं ५ गर्खाकोट र वडा नं १० सम्म फैलिएको छ। शनिबारदेखि भाइरल पीडितको शिविर खडा गरी उपचार गरिएको छ। शिविरमा १२ सय जनाको उपचार गरिएको छ। डा. शाक्यले अनुसार उपचार थालिए पनि बिरामी अझै घटेको छैन ।

प्रकाशित : 11 January, 2018

प्रतिक्रिया दिनुहोस्