केपी ओली प्रचण्ड माधव नेपाल एमाले


‘कान्छी’ले पायो सोलो रिलिज

सहयात्रा टिभी

काठमाडौ । नेपाली कथानक चलचित्र कान्छि ले सोलो रिलिज पाएका छन् । आउँदो फागुन ४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘कान्छी’ सोलो रिलिजको मौका पाएको छ । लामो संघर्ष प्रश्चात उक्त मितिमा आउने भनिएको फिल्म ‘मंगलम’ पोस्टपोन्ड हुँदा ‘कान्छी’ सोलो रिलिजमा उत्रिन लागेको हो । गएको केही वर्ष यता कमै नेपाली फिल्मले मात्र सोलो रिलिजको मौका पाएका छन् ।

सोलो रिलिजमा आउँदा एकलौटी हल कब्जा गर्न पाइन्छ तर एकभन्दा बढी फिल्म एकसाथ रिलिज हुँदा त्यही अनुसार हलको संख्या र दर्शक पनि बाँडिन्छन् । धेरै संख्यामा फिल्म निर्माण हुने क्रम बढ्दै गर्दा विस्तारै नेपाली फिल्मले सोलो रिलिजको मौका गुमाउँदै गएका छन् ।

अब प्रश्न यो उठेको छ कि माघ २६ गते प्रदर्शनमा हुने ‘कृ’को
‘कान्छी’ सोलो रिलिज हुने भएपछि निर्माता तथा अभिनेत्री श्वेता खड्का भने खुसी देखिएकी छिन् ।
कोहिनूरु फेम निर्देशक आकाश अधिकारीले यो फिल्म निर्देशन गरेका हुन् । मुस्ताङ, अप्पर मुस्ताङ, जोमसोम र राजधानी लगायतका ठाउँमा खिचिएको यो फिल्ममा दयाहाङ राई, श्वेता खड्का, अनु शाह, प्रज्जवल सुजल गिरी र तेश्रोलिङ्गी अभियान्ता भूमिका श्रेष्ठको अभिनय छ ।

ग्रामीण भेगकी कान्छीको कथा बोल्ने फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन, शम्भूजित बाँस्कोटा, अर्जुन पोखरेल र राजनराज सिवाकोटीको संगीत रहेको छ ।

प्रकाशित : 11 January, 2018

प्रतिक्रिया दिनुहोस्