डोल्पामा आगलागीबाट साढे दुई करोड क्षति

सहयात्रा टिभी

पुस । २८– हिमाली जिल्ला डोल्पाको मुड्केचुला गाउँपालिका –९ होर्तमा आगलागीबाट एक मन्दिरसहित आठ घर जलेर नष्ट भएका छन्। आगलागीबाट दुई करोड ३२ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी डोल्पाका प्रहरी नायब निरीक्षक यमबहादुर मल्लले जानकारी दिए ।

आगलागीबाट पाँचसय वर्ष पुरानो मष्टा मन्दिर जलेको छ । प्रहरीका अनुसार मन्दिरभित्र भएको बहुमूल्य मूर्ति जल्दा एक करोड बराबरको क्षति भएको छ । बुधबार दिउँसो नैनसिंह बुढाको परालको कुन्युबाट आगो सल्केको थियो । आगलागिबाट स्थानीयका दस घर जलेका छन् । आगलागीका कारण स्थानीयका घरमा रहेका लत्ताकपडा, अन्नपात, धनमाल नष्ट भएको प्रहरीले जनाएको छ ।
प्रहरी नायव उपरीक्षक हरिप्रसाद शर्माका अनुसार बुधबार दिउँसो १२ बजेबाट फैलिएको आगो बिहीबार बिहान साढे ६ बजेमात्र नियन्त्रणमा लिइएको थियो । आगो निभाउनका लागि सर्मी प्रहरी चौकीका प्रहरी तथा ओक्ट र सर्मी गाउँबाट स्थानीयवासी घटनास्थल पुगेका थिए ।

प्रकाशित : 12 January, 2018

प्रतिक्रिया दिनुहोस्