=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.


माओवादी सरकारबाट बाहिरियो

सहयात्रा टिभी

काठमाडौ । पुस २८– सरकारमा प्रतिनिधित्व गरेका माओवादी मन्त्रीहरुले आज प्रधानमन्त्रीलाई राजीनामा बुझाएका छन् ।

सरकारमा बिनाविभागीय मन्त्रीका रूपमा रहेका नेकपा माओवादी केन्द्रका मन्त्रीहरूले राजीनामा पत्र बुझाएको छ । पाटिका नेता  गिरिराजमणि पोखरेलको संयोजकमा  प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा पत्र बुझाएको हो । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारबाट बाहिरिने विषयमा लेखेको राजीनामा प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेर  पोखरेले बुझाएका हुन ।

बिहिबार राजीनामा बुझाउने बताएतापनि सार्वजनिक बिदा परेका कारण रोकिएको थियो।

माओवादी केन्द्रबाट सरकारमा ९ मन्त्री र ७ राज्यमन्त्री गरी १६ जना बिनाविभागीय मन्त्रीका रूपमा थिए। कामचलाउ सरकारले राजस्व दुरूपयोग गरेको आरोप लगाउँदै पोखरेलले आफूहरू निर्वाचन सुनिश्चितताका लागि मात्र सरकारमा बसेको थियो, अव निर्वाचन सम्पन्न भएसँगै नयाँ सरकार गठनमा सहयोग पुग्ने भन्दै आफूहरू सरकारबाट बाहिरिएको पोखरेले बताउनुभयो ।

प्रधानमन्त्री देउवाले गत असोज ३१ गते माओवादीका मन्त्रीहरूको जिम्मेवारी खोस्दै बिनाविभागीय हैसियतको बनाएका थिए। जनादेशको कदर गरी सत्ता हस्तान्तरण गर्न प्रधानमन्त्रीसँग उहाँले माग गर्नुभएको छ ।

प्रकाशित : 12 January, 2018

प्रतिक्रिया दिनुहोस्