केपी ओली प्रचण्ड माधव नेपाल एमाले


यसकारण गदैनन् पुरुषले स्थायी बन्ध्याकरण:

सहयात्रा टिभी

 

नेपालगञ्‍ज। पुस २९–जिल्ला जनस्वास्थ्य कार्यालय र परिवार नियोजन संघले सञ्चालन गरेको स्थायी परिवार नियोजन शिविरमा महिलाको तुलनामा पुरुषको उपस्थिति न्युन  देखिएको छ । गत पुस २ गते देखि २८ गतेसम्म सञ्चालन शिविरमा एक सय ८४ जनाले गरेको अपरेसनमा पुरुषको उपस्थिति न्यून देखिएको हो ।

यौन शक्ति कम हुने अन्धविश्वास र पुरुषले कमाउनु पर्ने, गह्रु‌ंगो काम गर्नुपर्ने लगायतका कारण स्थायी बन्ध्याकरण गर्नेमा महिलाको तुलनामा पुरुषको संख्या न्युन देखिएको शिविर सञ्चानमा सहभागी एक चिकित्सकले बताए ।

अप्रेसन शिविरमा गाउँगाउँमा पुगेका परिवार नियोजन संघका कर्मचारी दिवस जबराले भने पुरुषले कमाउनु पर्ने, दुःख गर्नुपर्ने मात्र नभई सेक्सुअल पावर घट्नेदेखि अप्रेसन गरेका व्यक्ति विदेश जान नपाइने भनेर पुरुष तर्किने गरेको छ ।

शिविरमा एक सय ८४ जनाले अप्रेसन गरेकोमा ३६ जना पुरुष रहेका छन् । बैजापुरमा २४, गंगापुरमा ८, रझेनामा ६, बागेश्वरीमा १७ जनाले अप्रेसन गर्दा एकरएक जनामात्रै पुरुष परेका छन्। फत्तेपुरमा १९ मध्ये चार, कम्दीमा १० मध्ये तीन, नौवस्तामा २० मध्ये ५, कोहलपुरमा २५ मध्ये ७, टिटिहिरियामा १४ मध्ये तीन, परिवार नियोजन संघको कार्यालयमा नौ जनामध्ये चार जना पुरुषले अप्रेसन गरेका छन्। विनौनामा सात जनाको अप्रेसन भएको स्थायी शिविर सञ्चालन संघले जनाएको छ ।

स्थायी बन्ध्याकरण शिविरमा ३३ जिल्ला घुमिसकेका डा. शाक्यका अनुसार यो शिविरमा मात्रै पुरुष कम आएको हाईन अन्य जिल्लामा यस्तै रहेको उनले बताए । जनस्वास्थ्य कार्यालयले परिवार नियोजन संघसँग मिलेर वर्षेनी यस्ता शिविर राख्ने गर्दछ । जनस्वास्थ्य कार्यालयका बसन्त गैरेले वर्षेनी पुरुषको उपस्थिति नगन्य मात्रामा हुने उनले बताए।

प्रकाशित : 13 January, 2018

प्रतिक्रिया दिनुहोस्