केपी ओली प्रचण्ड माधव नेपाल एमाले


डा. गोविन्द केसीले अनशन तोडे

सहयात्रा टिभी

काठमाडौ । पुस–२९ त्रिवि शिक्षण अस्पतालका चिकित्सक प्रा. डा. गोविन्द केसीले अनशन तोडेका छन् । शनिबार बिहान आयोजना गरिएको पत्रकार सम्मेलनपछि सिराहा सखुवानान्कारकट्टी गाउँपालिका २ का ४८ वर्षीय नभुनीया मोचीले जुस खुवाएसँगै डा. केसीले अनशन तोडेका हुन् ।

गत सोमबार प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामाको माग गर्दै उनले अनशन सुरू गरेका थिए। शुक्राबार राति केसी पक्ष र नेपाल सरकारबीच पाँच बुँदे सम्झौता भएको थियो।
सरकार र केसीबीच भएको पाँच बुँदे सहमतिमा चिकित्सा शिक्षा आयोगलाई पूर्णता दिन ७ दिनभित्र सिफारिस समिति गठन गर्ने, त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आर्इओएम) को डीनमा प्रा.डा. जगदीशप्रसाद अग्रवाललाई नै निरन्तरता दिने उल्लेख छ ।
अदालतको अपहेलना मुद्दामा सोमबार हिरासतमा लिइएका केसीलाई बुधबार सर्वोच्च अदालतले साधारण तारेखमा रिहा गरेको थियो ।

उनको यो १४ औं आमरण अनशन हो।

प्रकाशित : 13 January, 2018

प्रतिक्रिया दिनुहोस्