एमाले–माओवादी एकतामा कुनै शंका छैन : सुवास नेम्वाङ
काठमाडौं । पूर्व सभामुख तथा एमाले नेता सुवास नेम्वाङले एमाले र माओवादीबीचको एकतामा कसैले भाँजो हाल्न नसक्ने बताउनुभएको छ । एमाले दोलखा–काठमाडौं सम्पर्क मञ्चले जिल्लाबाट निर्वा्चित प्रतिनिधिसभा र प्रदेश सभाका सांसदलाई बधाई तथा शुभकामना दिन आयोजना गरेको कार्यक्रममा नेम्वाङले प्रतिक्रियावादीको जतिसुकै चलखेल भएपनि दुई पार्टीबीचको एकता भाँडन नसक्ने विश्वास व्यक्त गर्नुभयो ।
काम चलाउ सरकारले बाम एकता चाहेको छैन, ‘एमाले र माओवादी केन्द्रबीचको एकता फुटाउन प्रयाश गर्नुको कुनै अर्थ छैन, बाम गठबन्धन हल्लिदैन, जनताबाट अनुमोदन भइसक्यो, एमाले र माओवादीबीचको एकता टुटाउन अव कसैले सक्दैनन,’ नेम्वाङले भन्नुभयो ।
कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य तथा प्रदेशसभा २ का सांसद पशुपति चौलागाई, प्रतिनिधि सभा सदस्य तथा प्रतिनिधिसभ सांसद पार्वत गुरुङ, प्रदेश सभा १ का सांसद तथा माओवादी केन्द्रका नेता बिशाल खडकाले समृद्धि र जनताको जीवनस्तर उठाउने काममा आपूmहरुले जति सक्दो राम्रो भुमिका बहन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
त्यस्तै, सोही कार्यक्रममा प्रतिनिधिसभा सदस्य पार्वत गुरुङ, प्रदेशसभा सदस्य पुशुपति चौलागाई, बिशाल खडकासहित समानुपातिकतर्फबाट प्रदेशसभामा सिफारिशमा परेका एमाले बैकल्पिक केन्द्रीय सदस्य रचना खडका, सरस्वती बस्नेत, शान्ति पाख्रिन, माओवादीका आङतेण्डी शेर्पा र हिमाली गोलेलाई सम्मान गरिएको थियो ।