मृगौला पिडित तामाङलाई १२ लाख नगत हस्तान्तरण

सहयात्रा टिभी

काठमाडौ । पुस ३०– भोजकुमार तामाङ बचाउ अभियान सहयोगार्थ बृहत साँस्कृतिक कार्यक्रमबाट संकलित रकम १२ लाग १ सय ६० रुपैया मृगौला पिडित भोजकुमार तामाङलाई हस्तारण गरेको छ । बृहत साँस्कृतिक कार्यक्रमबाट संकलित रकम पिडित तामाङलाई अंग प्रत्यारोपण अस्पताल भक्तपुरमा भोजकुमार बचाउ अभियानका संयोजक डि.एस दोङ र  सुदिन लामा दोङले सो रकम आईतबार पीडितको आमा सोमरानी तामाङलाई हस्तान्तरण गरेका हुन् ।

 

 

शनिवार भक्तपुरमा भोजकुमार तामाङ बचाउ अभियान बृहत साँस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो ।

काभ्रे तिमाल गाउँपालिका ९ चोपटार निबासी २७ बर्षिया भोजकुमार तामाङको अंग प्रत्यारोपण अस्पताल भक्तपुरमा उपचार भईरहेको छ । अभियानलाई साथ र सहयोग गर्नुहुने सम्पुर्णलाई आभार प्रकट गर्दै सञ्चारकर्मी तथा अभियानका संयोजक सुदिन दोङले दीनदुखीको लागि सहयोगी हातहरु अगाडि बढाउन सवैमा अनुरोध समेत गर्नुभएको छ ।

प्रकाशित : 14 January, 2018

प्रतिक्रिया दिनुहोस्