केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मेलिनाको ‘गाउँले कान्छोलाई’ (भिडियो सहित)

सहयात्रा टिभी

काठमाडौं । नेपाली कथानक चलचित्र ‘यो समाज’ को ‘यो गाउँले कान्छालाई’बोलको गीत सार्वजनिक भएको छ ।

सञ्जोक धमाल र सरिना केसीको मुख्य अभिनय रहेको चलचित्रको गीत गत आइतबार युट्युबमार्फत सार्वजनिक भएको हो । गीतमा पूर्वेली गायक सुबी राई र चर्चित गायिका मेलिना राईको स्वर रहेको छ ।

नविन भुजेलको निर्देशन रहेको चलचित्रको उक्त गीतमा लब्ली तुलसीको शब्द र चन्दु गोर्खालीको संगीत रहेको छ ।

मनिकुमार राईको कोरियोग्राफी रहेको गीतलाई तिलक रिजालले खिचेका हुन् ।

सञ्जिव धमला निर्माता रहेको यस फिल्मको सम्पादन तिलक रिजालले नै गरेका छन् ।

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=6rldV4GcXb4&feature=youtu.be

प्रकाशित : 14 January, 2018

प्रतिक्रिया दिनुहोस्