दहीले टाढा राख्छ डिप्रेशनलाई

सहयात्रा टिभी

काठमाडौ । खानपिन र दैनिक जीवनशैलीमा ध्यान दिने हो भने हामी निरोगी बन्न सक्छौ । खानेकुराहरुको आफ्नै विशेषता हुन्छ । दहिको पनि आफ्नै विशेषता छ ।
प्रशस्त मात्रामा क्याल्सियम तथा प्रोटिन प्राप्त हुने दहीले पाचनतन्त्र बलियो बनाउँछ । कोलस्ट्रोलको मात्रा कम गर्न पनि सहयोगी हुन्छ ।

अध्ययनअनुसार दहीमा भएको प्रोबायोटिक तत्वले मस्तिष्कमा असर गर्छ । यसले मुड स्विङको समस्या पनि हुन दिँदैन भने मानिस डिप्रेसनको मनोवैज्ञानिक समस्याबाट पनि जोगिन सक्छ ।
युनिभर्सिटी अफ क्योलिफोर्नियाको स्कुल अफ मेडिसिनले गरेको अध्ययनबाट दहीको सेवन डिप्रेसनबाट टाढा राख्न सहयोगी हुने कुरा पत्ता लागेको हो ।

प्रकाशित : 15 January, 2018

प्रतिक्रिया दिनुहोस्