“सपना”

सहयात्रा टिभी

यमुना थापा

 

 

 

 

छुट्दैछ म बाट
आमाको हातको त्यो न्यानो स्पर्श,
छुट्दैछ म बाट
बाबाको त्यो प्यारो काध,

बिस्तारै, बिस्तारै समयले जवानी भरिदिएको छ ममा ।


यसैगरी भरिदिने छ बुढेसकाल पनि एकदिन,
सकिएर एउटा समय सुरु भइसकेको फेरि अर्को समय यहि कालमा,
जहाँ म पछ्याईरहेकी छु, ती तमाम
रहरहरुलाई, अनि ती तमाम सपनाहरुलाई,
बस डर छ त केबल ति रहर र सपनाहरुलाई पछ्याउदा पछ्याउदै म स्वयम् नै बिलिन नभईदियोस् यो गुमनाम दुनियाँमा ।

प्रकाशित : 16 January, 2018

प्रतिक्रिया दिनुहोस्