ओलीको बैंकक बसाई लम्बियो, माघ ४ गते मात्रै फर्कने

काठमाडौ । नियमित स्वास्थ्य परिक्षणका लागि बैंकक जानुभएका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको बसाइ लम्बिएको छ । ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उहांका नीजि मृगौला प्रत्यारोपणपछि नियमित परीक्षण गराउँदै आउनुभएका चिकित्सकले बताएका छन् । मृगौला प्रत्यारोपणपछि नियमित परीक्षण गराउँदै आउनुभएका चिकित्सकले दौडधुपलाई कम गर्न सुझाएपछि ओली केही दिन बैंककमै रहन लाग्नुभएको हो ।
ओली आगामी माघ ४ गते बिहीबार दिउँसो पौने १ बजे थाइ एअरको बिमानबाट नेपाल आउने बताईएको छ ।