केपी ओली प्रचण्ड माधव नेपाल एमाले


काठमाडौँ निजगढ द्रुतमार्गको डीपीआर सेना आँफैले बनाउने

सहयात्रा टिभी

 

काठमाण्डौं, माघ २, भारतीय कम्पनी आईएल एण्ड एफएसले तयार पारेको निजगढ द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) प्रयोग नहुने भएको छ ।

 

 

 

 

 

जङ्गी अड्डामा सोमबार आयोजित पत्रकार सम्मेलनमा सेनाले आयोजनाको डीपीआर आफैं बनाउने बताएको हो । लामो विवाद पछि प्रचण्ड सरकारले बैशाख २१ मा द्रुतमार्ग निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो । त्यसपछि बनेको देउबा सरकारले भारतीय कम्पनी सँगको पूर्वशर्त बमोजिम भारतीय कम्पनीकै डिपिआर किन्ने निर्णय गरी सेनालाई अध्ययनका लागि भनेको थियो ।

अध्ययनका क्रममा डीपीआर अपूर्ण रहेको पाइएपछि साथै प्रस्तावित मूल्यमा भारतीय कम्पनी सहमत नभएपछि सेनाले डिपिआर आफैं बनाउने निर्णय लिएको हो । नेपाली सेनाले भारतीय कम्पनीले मागेको मूल्य भन्दा कम रकममा नै नयाँ डीपीआर तयार हुने सेनाले जनाएको छ । मूल्य मात्र नभई उक्त भारतीयकम्पनीले बनाएको डीपीआर हुबहू कार्यान्वयन गर्न नसकिने र पुर्ण व्यवाहारिक नरहेको पनि सेनाले बताएको छ ।

आयोजनाका उपनिर्देशक सूर्यप्रसाद खनालका अनुसार
‘डिटेल इन्जिनियरिङ गर्न आहृवान गरिएको कन्सलट्यान्टबाट आवश्यक थप अध्ययन गराई नेपाली सेनाबाटै आयोजनाको डीपीआर तयार गरिनेछ ।
विगतमा एसियाली विकास बैंक ले गरेको सम्भाव्यता अध्ययनका आधारमा छिट्टै डीपीआर बनाउनु पर्ने र टनेल बनाउँदा कान्तिलोकपथसँग नबाझिने गरी फेरबदल गर्नु पर्ने देखिएको सेनाले बताएको छ ।

प्रकाशित : 16 January, 2018

प्रतिक्रिया दिनुहोस्