केपी ओली प्रचण्ड माधव नेपाल एमाले


काठमाडौको भित्री शहरमा ४ चारपाङ्ग्रे सवारी साधन निषेध

सहयात्रा टिभी

काठमाडौँ । माघ–२ काठमाडौँ महानगरपालिकाले सात वटा वडाका भित्री सडकमा आज मंगलबारदेखि लागू हुने गरी चारपाङ्ग्रे सवारी साधन प्रवेश गर्न रोक लगाएको छ ।
महमनगरले ऐतिहासिक, सांस्कृतिक एवं पुरातात्विक सम्पदाको संरक्षणका लागि बिहान ७ देखि बेलुकी ७ बजेसम्म भित्री सडकमा त्यस्ता साधन गुड्न रोक लगाएको कामपाका प्रशासकीय अधिकृत धनीराम शर्माले जानकारी दिनुभयो । रोक लगाएको वडा नं हरु १७, १८, १९, २२, २४, २५ र २७ रहेका छन् । सम्पदाको संरक्षण गरर्न र बाटो साँघुरो, सर्वसाधारणको चाप बढी हुने भएकाले दुर्घटना बढेको भन्दै त्यसलाई नियन्त्रण सावरी साधन प्रवेशमा रोक लगाएको शर्माले बताउनुभयो ।

जबर्जस्ती कसैले निषेध गरिएका स्थानमा सवारी साधन चलाएमा रु ५०० देखि एक हजारसम्म जरिवाना र अन्य थप कारबाहीसम्म पनि हुने कामपाले जनाएको छ । बिरामी, सुत्केरी र ज्येष्ठ नागरिक बोकेको गाडी, एम्बुलेन्स र दमकललाई भने रोक लगाएको छैन ।

चारपाङ्ग्रे सवारी साधनलाई भोटाहिटीबाट असन चोकसम्म एकतर्फी निषेध गरिएको छ । यस्तै नरदेवीबाट भेडासिंह हुँदै इन्द्रचोकसम्म तथा टेंगलबाट बाङ्गेमुढा हुँदै भेडासिं, इन्द्रचोकसम्म र क्षेत्रपाटीबाट ठहिटी हुँदै नघःल, बाङ्गेमुढा भेडासिं हुँदै इन्द्रचोकसम्म एकतर्फी जान पाउने व्यवस्था मिलाइएको छ ।

साथै इन्द्रचोकबाट असन, इन्द्रचोकबाट भेडासिं, ज्याठाबाट त्यौड, ठहिटीबाट असन, कमलाक्षीबाट असन, महाबौद्धबाट असन, इन्द्रचोकबाट वटुसम्म चारपाङ्ग्रे सवारी साधनलाई पूर्णरुपमा निषेध गरिएको छ ।

 

प्रकाशित : 16 January, 2018

प्रतिक्रिया दिनुहोस्