एक सुरुवात : बर्षौदेखिको प्रेम एउटा कागजमा अन्त्य गर्दै
यमुना थापा
बेहुली भएर घुम्टो भित्र सजिएको दिन मेरो मानसपटलमा ति प्रत्येक पल छर्लङ्ग हुँदै थिए… जुन घर मेरो लागि स्वर्गभन्दा प्यारो थियो । त्यो दिन पराइ बन्दै थियो, मेरा प्यारा सम्बन्धहरु छुट्टै थिए। अनि आँखा भरिदै थिए। आँसु आँखाबाट छुट्न नपाउदै ती आँसुका थोपालाइ औलाको डिलमा राखेर एउटा अनौठो बिश्वासका साथ तिमिले भनेका थियौ, यी त मोतिका दाना हुन, जुन अमुल्य छ्न् र यी तिम्रा आँखा कहिल्यै नभुल्किउन अबदेखी यो मेरो जिम्मेवारी भयो ।
उफ ! हिजो भर्खर जस्तो लाग्छ यो सब भएको तर कति छिटै हाम्रो सम्बन्धले जिन्दगीको पाचौं बसन्त पार गरी सकेछ । बिहे भएपछिका प्रत्येक पल तिमीले मलाइ कहिल्यै एक्लै छोडेनौ। नयाँ घर, नयाँ ठाउँ, नयाँ परिवेश, हरेक कुरा नयाँ थिए मेरोलागी । तर तिम्रो साथले यति सहज बनाइदियो कि म कति छिट्टै घुलमिल भएकी थिए… तिम्रो परिवार, समाज र परिबेससंग। हुन त हाम्रो बिबाह दुर्इ परिवारबिचको आपसी निर्णय थियो जसलाई तिमीले र मैले सहजै स्वीकारेका थियौ।
तिम्रो बिगत के थियो त्यो जान्ने कोसिस मैले कहिल्यै गरिन, र न तिमिले नै गरेयौ । सायद यहि बिश्वास बाट सुरु भएको थियो हाम्रो सम्बन्ध। बिश्वास र आफन्तको आशीर्वाद सायद अलिअलि प्रेम पनि, आशा थियोे एकदिन त्यो प्रेम पनि हुनेछ जो दुइजना बिच आवश्यक हुन्छ । बिहेपछी हरेक महिलाको जस्तै मेरा पनि सपना थिए तिम्रो मायालु स्पर्श, निश्छ्ल प्रेम, बिश्वास, समझदारि र अनन्त अनन्तसम्मको साथ यस्तै यस्तै…१ तिमीलाइ पनि थियो होला म बाट केही यस्तै आशाहरु। पाएकी हु मैले तिम्रो साथ नपाएको म भन्दिन । र दिएकी पनि हु साथ । म चाहान्थे जिन्दगीभर यसैगरी दिरहु। प्रेम त्याग हो, समर्पण हो मैले तिमिसंग जोडिए पछी थाहा पाए। विवाहले दुई ब्यक्तिलाइ मात्र हैन दुई परिवार अनि सिङ्गो समाजलाई पनि जोडेको हुन्छ यहि सोचेर सम्बधमा अघि बढे ।
समय कहाँ सधै उस्तै हुदोरहेछ र, तिमी र तिम्रो प्रेम बदलिदै थियो। बिश्वास डगमगाउदै थियो । कतै केही छुटेको आभास हुँदै थियो । सके जति सम्बन्धलाई बचाएउने कोसिश गरेकी हु मैले । तर न तिमी केही भन्थेयौ, न केही सुन्थेयौ। तिम्रो बदलिदो व्यवाहर अनि परिवारको बढ्दै गरेको बिश्वास। म सोच्न बाध्य हुन थालेकी थिए । आमाले कहिल्यै बुहारी सोच्नु भएन छोरी बनाएर राख्नु भएको थियो । हरेक पार्इलामा साथ दिनु भएको थियो । त्यसैले पनि उहाँसंग तिम्रो बदलिदो व्यावाहरको बारेमा कहिल्यै कुरा गर्ने आट आएन र उहाँलार्इ छोरा कहिल्यै गलत हुदैन भन्ने बिश्वास आफुभन्दा पनि बढी
तिमीमा थियो। एउटी आमाको बिश्वास तोड्ने साहस मैले गर्न सकिन । न तिम्रो बदलिदो व्यावहरमा मौन बस्ने हिम्मत नै बाँकी थियो म मा….।
तिमीले नभने पनि अब मैले बुझ्नुपर्ने थियोे । किनकी म पनि एउटि आमा थिए आफ्नो सन्तानको भबिस्यको सवाल जो थियोे । बस यहि बुझ्दै जाने क्रममा थाहा भयो । तिमी अरु कसैसँग खुशी हुदैछौ, अरुको सपनासंग सपना जोड्दै छौ । कति टुटेकी थिए म त्यो दिन म कल्पना पनि गर्न सक्दिन। कुन चाहिँ श्रीमती होला त्यस्ती जसले आफ्नो श्रीमान अरुसंग जोडिएको हेर्न सक्ने । तिम्रो बास्तबिकताले जति दुखी मलाई बनाएको थियो त्यहा भन्दा धेरै दुखी हुनुन्थियो आमाबुवा जसले मलाई बुहारी हैन छोरी मान्नु भएको थियो । कति लज्जित बोध गर्नुभएको थियो उहाँहरुले मेरो अगाडि आफूलाइ । तर यसमा उहाँहरुको के गल्ती थियो र १ गलत तिमी थियौ या समय मलाई जान्नै मन लागेन । न तिमीसंग तिमीलार्इ पाउन लडाइँ नै गर्न मन लाग्यो । त्यही दिन देखि न सिन्दुरमा बिश्वास रहयो, न लगनको पोतेमा न चुरामा सबै मन भुलाउने वाहान न रहेछन् झै लाग्यो । र झुटो आशाका प्रतिबिम्बहरुको मेरो जिन्दगीमा कुनै स्थान नै थिएन र मैले दिन पनि चाहिन।
एकातिर सम्बन्धमा हुनु नहुनु उस्तै थियो मेरोलागि । र अर्कोतिर न सासुससुराको व्यावाहर मा कुनै फरकपन आएको थियो न परिवारका अन्य कुनै सदस्यमा मेरोलागि । झन पहिले भन्दा अझ बढी माया र इज्जत बढेको पाउथे म उहाँहरुको आखामा आफ्नोलागी । छोरा पनि दिनदिनै हुर्कदै थियो उसको सम्पुर्ण भबिस्य अब मेरो जिम्मेवारी थियो । अब घरकी बुहारी हैन छोरी थिए म त्यसैले पनि सासुससुरा र घर प्रतिको जिम्मेवार बढ्दै थियो। उहाहरुले त छोरालाइ मानौ घरबाट बहिष्कार नै गरिसक्नु भएको थियो।
यी सबै जिम्मेवारलाई आत्मसात गर्दै नामको मात्र श्रीमतीको सम्बन्ध र पाच बर्ष बैबाहिक यात्रालाई डिभोर्सको कागजमा सहि गरेर तिमी र म दुबैलाइ आजात गरि नयाँ सुरुवात गर्ने निर्णय गरे ।