अमेरिका र प्यालेस्टाइन बीचको विवाद अझ चुलिँदै
अमेरिका र प्यालेस्टाइन बीचको विवाद अझ चुलिएको छ । अमेरिकाले जेरुसेलमलाई इजरायलको राजधानी मानेपछि, प्यालेस्टिनी राष्ट्रपति महम्मुद अब्बासले राष्ट्रपति डोनल्ड ट्रम्पको चर्को आलोचना गरेका थिए । अब्बासले अमेरिकाले जेरुसेलमलाई इजरायलको राजधानी मानेकाले उसको कुनैपनि शान्ति प्रकृया स्वीकार्य नहुने बताएका छन् ।
यता ट्रम्प प्रशासनले प्यालेस्टिनीहरूलाई मद्दत गरिरहेको संयुक्त राष्ट्रसंघको एक निकायलाई अमेरिकाले उपलब्ध गराउँदै आएको सहयोगको आधा रकम रोक्का गरेको जसले लाखौं मानिसहरूमाथि गम्भीर असरहरू पर्ने सम्भावनाहरु छन्। यसबारे अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले प्यालेस्टाइनले इजरायल सँग शान्ति सम्झौता स्वीकार गर्नै पर्ने र यदि अस्वीकार गरे दिइँदै आएको अमेरिकी सहायता कटौती गर्ने बताउदै आइरहेका छन् ।
अमेरिकाले करिब १२ करोड ५० लाख डलरमध्ये ६ करोड पहिलो किस्ता अन्तर्गत दिने र बाँकी ६ करोड ५० लाख डलर चाहिँ रोक्ने जनाएको हो। प्यालेस्टाइन र अमेरिकाको बिराधाभास पूर्ण अभिव्यक्तिहरुले विवाद अझ चुलिँदै आएको छ ।