नर्सको माग सम्बोधन गर्न बन्यो वार्ता टोली
सहयात्रा टिभी
काठमाडौं माघ ३, एघार बुँदे माग लिएर ८ दिनदेखि आन्दोलनमा उत्रेका नर्सहरुले आज पनि माइतीघरमा र्याली गरेका छन । उनीहरुले यस अघि सेवा छाड्ने, कालोपट्टी बाँध्ने लगायतका आन्दोलनका कार्यक्रम गरेका थिए ।
उनीहरुको माग सम्बोधनका लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालयले डा. विनोदमान श्रेष्ठको नेतृत्वमा चार सदस्यीय वार्ता समिति गठन गरेको छ । समितिको अन्य सदस्यहरुमा डा गुणराज लोहनी, महेन्द्र श्रेष्ठ, नर्सिङ प्रशासक कल्पलता सुब्बा रहेका छन्।