केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सरकारले तोक्यो प्रदेश प्रमुख र अस्थायी केन्द्र

सहयात्रा टिभी

काठमाडौं । सरकारले आज ७ वटा प्रदेशका प्रमुख र प्रदेशका अस्थायी राजधानी तोकेको छ । लामो समयको अनिश्चयलाई तोड्दै सरकारले बुधबार प्रदेश नम्बर १ को विराटनगर, २ को जनकपुर, ३ को मकवानपुर, ४ को पोखरा, ५ को रुपन्देही, ६ को सुर्खेत र ७ को धनगढीलाई अस्थायी राजधानी तोकेको हो ।

यसैगरी सातै प्रदेशका प्रदेश प्रमुखहरु पनि तोकिएका छन्। प्रदेश प्रमुखमा प्रदेश नम्बर १ को प्रमुखमा डाक्टर गोविन्द सुब्बा, प्रदेश नम्बर २ मा रत्नेश्वरलाल कायस्थ, प्रदेश नम्बर ३ मा अनुराधा कोइरालालाई सरकारले प्रमुखमा नियुक्त गरेको छ ।

यस्तै, सरकारले प्रदेश नम्बर ४ मा बाबुराम कुँवर, प्रदेश नम्बर ५ मा उमाकान्त झा, प्रदेश नम्बर ६ मा दुर्गाप्रसाद खनाल र ७ मा मोहनराज मल्ललाई नियुक्त गरेको छ ।

प्रकाशित : 17 January, 2018

प्रतिक्रिया दिनुहोस्