कृषि विकास बैंकले २० प्रतिशत बोनस शेयर दिने
सहयात्रा टिभी
काठमाडौँ । कृषि विकास बैंक लिमिटेडले आ. व. २०७३/०७४ को लाभांशबाट २० प्रतिशत बोनस शेयर प्रदान गर्ने भएको छ । बैंकले आर्थिक वर्ष २०७३/०७४ मा रु ९९ अर्ब ९२ करोड निक्षेप संकलन गरेको जनाएको छ ।
बैंकले आज पत्रकार सम्मेलन गरि आ. व. २०७२/७३ मा भन्दा यस वर्ष १५ प्रतिशतले निक्षेप संकलन वृद्धि भएकोले २० प्रतिशत बोनस शेयर प्रदान गर्न सकिने बैकका प्रमुख कार्यकारी अधिकृत लीलाप्रकाश सिटौलाले जानकारी दिए ।
बैकले आव २०७३/७४ मा रु एक खर्ब नौ अर्ब २२ करोड कर्जा प्रवाह गरेको छ जुन अघिल्लो वर्षको तुलनामा १० प्रतिशतले बढी हो । बैंकको चुक्ता पूँजी रु सात अर्ब आठ करोड ७६ लाख ८० हजार रहेको छ ।