केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

सहयात्रा टिभी

काठमाडौँ । सरकारले पुनः पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । नेपाल आयल निगमले अन्तर्रा्ष्ट्रिय बजारअनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको हो । आज रातिदेखि लागू हुनेगरी निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य समायोजन गरेको हो ।

बृद्धि गरेको मूल्यअनुसार पेट्रोलमा रु १, डिजेल र मट्टितेलमा रु २ मूल्य बढ्ने निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिए । मूल्य बढेपछि पेट्रोल रु १०३ र डिजल तथा मट्टितेलको मूल्य रु ८१ कायम भएको छ ।

जनवरी १५ मा इण्डियन आयल कर्पोरेशन ९आइओसी०ले पठाएको मूल्यका आधारमा मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

प्रकाशित : 18 January, 2018

प्रतिक्रिया दिनुहोस्