केपी ओली प्रचण्ड माधव नेपाल एमाले


शीतकालिन ओलम्पिकमा दुइ कोरियाले साझा झण्डा प्रयोग गर्ने

सहयात्रा टिभी

एजेन्सी ।माघ ४ – आउँदो फेब्रुअरी ९ देखि दक्षिण कोरियाको प्योङ्च्याङ्मा हुन गइरहेको बिन्टर ओलम्पिकमा दुई कोरियाहरु उत्तर कोरिया र दक्षिण कोरियाले साझा भन्डा लिएर मार्च गर्ने भएका छन् । दुई कोरिया बीचको सीमावर्ती गाउँ पान्मुन्जोनमा भएको दुइ कोरियाका उच्च नेताहरुको वार्ता पछि शीतकालिन ओलम्पिकमा एकीकृत कोरियाको झण्डा लिएर दुवै कोरियाका खेलाडीले मार्च गर्ने सहमति बनेको हो ।

 

उत्तर कोरियाकाका नेता किम जोङले नया बर्षको शुभकामना दिने क्रममा दक्षिण कोरियामा हुने शीतकालीन ओलम्पिकमा आफ्ना खेलाडि पठाउन तयार रहेका बताएका थिए । त्यस पछि दक्षिण कोरियाले उच्च स्तरीय वार्ताको प्रस्ताव गरेको थियो । त्यही बार्ता पश्चात साझा झण्डा र उत्तर कोरियाको ओलम्पिकमा सहभामगिता बारे सहमति बनेको हो ।

प्रकाशित : 18 January, 2018

प्रतिक्रिया दिनुहोस्