केपी ओली प्रचण्ड माधव नेपाल एमाले


हाँस्यकलाकार मनोज गजुरेल दम्पत्तिको डिभोर्स !

सहयात्रा टिभी

काठमाण्डौ । एक पत्रिकाले केहि महिना अगाडी गजुरेल दम्पत्तिको सहयात्रा प्रकाशित गरेको थियो । जहा मिनाले भनेकी थिइन आफ्नो श्रीमानलाई असल श्रीमानको रुपमा नम्बर दिनु परेमा १० मा ८ दिन्छु भनेर तर हाँस्यकलाकार मनोज गजुरेल दम्पत्तिको सम्बन्ध विच्छेदको खबरले यतीबेला उनका शुभचिन्तक आश्चर्यमा परेका छन् ।

मनोज र उनकी पत्नि मिनाले केही समय देखिको आपसी असमझदारीलाई समझदारीमा टुङ्गयाएका छन् । विशेष स्रोतका अनुसार मनोज र मिनासँगै दुवै पक्षको पारिवारिक सहमति र सल्लाहपछि उनीहरु व्यवहारिक, कानुनी र आर्थिक रुपमा अलग–अलग भएका हुन् ।

सम्बन्ध विच्छेदको कारणका बारेमा हालसम्म दुवैले मुख खोलेका छैनन् । बुझिए अनुसार विचारमा असहमति भएको हो । त्यसैले दुवैले कारण सार्वजनिक गर्नु पर्ने कुनै तर्क छैन भनिरहेका छन् । केही हप्तादेखि मनोज र मिना अलग–अलग बस्न थालेका थिए । कानुनी रुपमा यही पुस ११ गते अलग भएपछि मनोज गजुरेल छोरासँग बालकोट घरमा बस्दै आएका छन् भने मिना छोरी मेमोरी गजुरेलसँग नयाँ बानेश्वरमा बस्दै आएकी छिन् ।

मनोजसँग सम्बन्ध विच्छेद गरेलगत्तै मिना बुटिक सञ्चालन गर्ने तयारीमा छिन् । उता मनोज पनि सम्बन्ध विच्छेदको पीडा बिर्सेर नियमित लयमा फर्कदै छन् । मनोज केही समयपछि दर्शक हँसाउनका लागि ओमान र बहराइन जाँदै छन् । यो निर्णयलाई दुवैले सम्बन्धको ह्याप्पी इण्डिङका रुपमा लिएको प्रतिकृया दिएका छन् ।

२०५३ सालमा सुरु भएको थियो वैवाहिक यात्रा २०५२ सालमा पहिलो पटक भेट भएर केही समय एक अर्काको प्रेममा रमाएको यो जोडीले २०५३ सालको वैशाखमा काठमाडौंको गुहेश्वरी मन्दिरमा विवाह गरेका थिए । पुतलीसडकमा पसल गर्ने क्रममा मनोजले मिनालाई पहिलो पटक देखेका थिए । देख्दादेख्दै मिना मनोजलाई मन पर्न थालिन् । खासमा मिना मनोजको पसल अगाडिको एउटा अफिसमा काम गर्थिन् । यही क्रममा मनोजले मिनालाई भेट्ने अवसर पाएका थिए । साभार नभनारी

प्रकाशित : 18 January, 2018

प्रतिक्रिया दिनुहोस्