केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नवनियुक्त प्रदेश प्रमुखहरुले आज पद तथा गोपनियाको शपथ लिने

सहयात्रा टिभी

काठमाण्डौँ । माग ५ — नवनियुक्त प्रदेश प्रमुख हरुले आज पद तथा गोपनियाको शपथ लिने भएका छन् संबैधानिक ब्यवस्था अनुसार सरकार नियुक्त गरेको प्रदेश प्रमुखले राष्ट्रपति समक्ष शपथग्रहण गर्ने संवैधानिक व्यवस्था रहेको छ । राष्ट्रपति कार्यालयले नवनियुक्त प्रदेश प्रमुखलाई शुक्रबार अपराह्न ४ बजे शपथग्रहण गराउन लागिएको जानकारी दिएको छ । सरकारले बुधबार सात प्रदेशको अस्थायी राजधानी तोक्दै प्रदेश प्रमुखाको पनि सिफारिस गरेको थियो।

 

सरकारले प्रदेश १ का लागि डा। गोविन्द सुब्बा, प्रदेश २ मा रत्नेश्वरलाल कायस्थ, प्रदेश ३ मा अनुराधा कोइराला, प्रदेश ४ मा बाबुराम कुँवर, प्रदेश ५ मा उमाकान्त झा, प्रदेश ६ मा दुर्गाकेशर खनाल र प्रदेश ७ मा मोहनराज मल्ललाई प्रदेश प्रमुख चयन गरेको छ।

प्रकाशित : 19 January, 2018


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्