केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सिन्धुलीगढी जिर्णोद्धार तथा पुननिर्माणमा गुरुयोजना निर्माणका लागि एनआरएन अध्यक्ष र कमलामाई नगरपालिका प्रमुखबीच सम्झौता

सहयात्रा टिभी

काठमाण्डौँ । माघ -५, आधुनिक नेपाल तथा नेपाली सेनाको गौरबमय इतिहास बोकेको सिन्धुलीगढी का जिर्णोद्धार तथा पुननिर्माण का लागि गैर आवासीय नेपाली संघ र कमलामाई नगरपालिकाबीच सहमति भएको छ । काठमाण्डौँमा बिहीबार भएको उक्त कार्यक्रममा कमलामाई नगरपालिकाका प्रमुख खड्ग बहादुर खत्री र संघका अध्यक्ष भवन भट्टले संझौता पत्रमा हस्ताक्षर गर्नुभयो । कार्यक्रममा सिन्धुली बाट प्रतिनिधिसभामा निर्वाचित हरीबोल गजुरेल र नगर प्रमुख खड्ग खत्री लगायतले आफ्नो मन्तब्य राख्दै उक्त गुरुयोजनामा सहयोग गर्ने प्रतिबद्घता समेत ब्यक्त गर्नुभयो ।

 

 

ऐतिहासिक रुपले महत्वपुर्ण तर हाल जिर्ण अवस्थामा रहेको सिन्धुलीगढीको धरोहरहरु जोगाउनुआवश्यक रहेको छ । यस स्थानमा पर्यटकीय दृष्टिकोणले पनि सम्भावनाहरु पनि प्रचुर रहेकाले सिन्धुली गढीको ऐतिहासिक र आर्थिक संभावनाको उत्खनन् गर्दै गैरआवासीय नेपाली संघले सिन्धुली गढीको गुरु योजना तयार पार्न पहल गरेको हो । यस्ता ऐतिहासिक रुपले महत्व बोकेको धरोहरको जिर्णोद्धार तथा पुननिर्माण गर्न सिन्धुली गुरु योजना तयार पार्नुको उद्देश्य हो । यस गुरुयोजनाको मुख्य पक्ष आफैले संरचना निर्माण गर्नु भन्दा पनि पुराना संरचनाको पुरातात्विक महत्वलाई जगेर्ना गर्नु र अबको निर्माण कार्यमा ऐतिहासिक धरोहरलाई जोगाई राख्नु हो । गुरु योजना सम्बन्धित सबै पक्षको सहभागीतामा तयार पारिने छ र यसरी तयार गरिएको गुरु योजनाको स्वामित्व स्थानीय सरकारले लिने सहमती भएको छ । गुरुयोजना निर्माण गर्नको लागि आवश्यक परामर्शदाता गैरआवासीय नेपाली संघले चयन गरी यस कार्यमा लाग्ने खर्चको समेत व्यवस्थापन गर्नेछ । गुरुयोजना सम्झौता भएको मितिदेखि ६ महिनाभित्रमा गैरआवासीय नेपाली संघले कमलामाई नगरपालिकालाई हस्तान्त्तरण गर्ने लक्ष रहेको छ ।

प्रकाशित : 19 January, 2018


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्