हर्षोल्लासका साथ ल्होछार मनाईयो
सहयात्रा टिभी
काठमाडौ । माघ–५ राष्ट्रिय तामाङ घेदुङले २८५४ औं सोनाम ल्होछार मनाएको छ । राजधानीको भृटकुटीमण्डपमा तामाङ समुदायले ल्होछार हर्षोल्लासका साथ विविध साँकृतिका कार्यक्रम गरी मनाएको हो ।
तामाङ समुदायले १२ जीवजन्तुलाई आधार मानेर ल्हो चक्रमा विश्वास गरी जन्मदेखि मृत्यु हुँदासम्म पनि सोही चक्रका आधारमा विभिन्न संस्कार गर्ने गर्छन् । ल्होछारलाई नयाँ पर्षको रुपमा पनि मनाईन्छ ।
तिथिको विषयमा एक पक्षीय माघलाई नै ल्हो फेर्ने र अर्को पक्ष यस वर्ष फागुनमा मात्र ल्हो फेर्ने भनेर विवादमा रहेता पनि हर्षोल्लासका साथ विहिबार राजधानीमा ल्होछार मनाएका छन् ।