अस्पतालको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै अस्पतालमा तोडफोड

सहयात्रा टिभी

नेपालगञ्ज । माघ -५, अस्पतालको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै बिरामीका आफन्तहरुले नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा तोडफोड गरेका छन् । दैलेख घर भएकी २२ वर्षीया सीता शाहीले बुधबार राति १ बजे अस्पतालमा छोरा जन्माएकी थिइन् तर उपचारको क्रममा बिहीबार दिउँसो ४ बजे उनको मृत्यु भएको थियो । मृतकका आफन्तले अस्पतालको लापारवाहीले उनको मृत्यु भएको दाबी गर्दै अस्पताल तोडफोड गरेका हुन् । शिशुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । मृतकका आफन्तहरुले नाराबाजी गर्दै अस्पताल तोडफोड गर्दा अस्पतालको प्रशासन कक्ष, इमर्जेन्सीलगायतका करिब दर्जन सिसा फुटेको प्रहरीले जनाएको छ । पीडितका आफन्तले अस्पतालमा लागेको सम्पूर्ण खर्च मिनाहा हुनुपर्ने, पोस्टमार्टम गर्न काठमाडौं लैजानुपर्ने र आवश्यक खर्च ब्यहोर्नुपर्ने तथा बच्चालाई आजीवन सबै खर्च ब्यहोर्नुपर्ने माग गरेका छन् । यता अस्पताल प्रशासनले भने हजार दिनसम्म्म शिशुको सबै खर्च ब्यहोर्ने जनाएको छ । बैठक बसेर आवश्यक निर्णय लिइने अस्पताल प्रशासनले जनाएको छ ।

प्रकाशित : 19 January, 2018

प्रतिक्रिया दिनुहोस्