पार्टी एकताका लागि बामगठबन्धनको बैठक आज पनि बस्दै
सहयात्रा टिभी
काठमाण्डौ । माघ -६, पार्टी एकताका लागि गृहकार्यमा जुटेको नेकपा माओबादी केन्द्र र नेकपा एमाले बीच आज पनि छलफल हुँदैछ । पार्टी एकतालाई छिटो टुङ्गोमा पुर्याउने हिजोको माओबादी तथा एमाले अध्यक्षको सहमति अनुसार आज विस्तृत छलफल हुन लागेको हो । आइतबार हुनलागेको पार्टी समन्वय समितिको बैठक अगावै आजै पार्टी एकताको खाका बारे छलफल हुन लागेको हो ।
आजको बैठकमा पार्टी एकताको छलफल साथै राष्ट्रियसभाको गठन र प्रदेश सभाको विषयमा पनि छलफल हुने छ । राष्ट्रियसभामा बाम गठबन्धनले ५६ मध्ये ४३ पदका लागि उमेद्वारी दिने निर्णय गरेको छ, जसमा एमाले बाट २९ र माओबादी बाट १४ दिने सहमति भएको थियो । आजको बैठकले यस विषयमा पनि सामान्य हेरफेर गर्न सक्ने छ ।