टर्कीले गर्यो सिरियामा हवाई हमला

टर्कीका युद्ध विमानले उत्तरी सिरियामा कुर्दिश लडाकुमाथि हवाई हमला शुरू गरेका छन्। अमेरिकी समर्थन पाएको वाइपीजीका अनुसार टर्कीको पछिल्लो हवाई हमलामा कम्तीमा ९ जना मारिएका छन्।
उक्त कदमले टर्की र अमेरिकाबीच तनाव बढाउन सक्ने बताइएको छ।
टर्की आफ्नो दक्षिणी सीमासँग जोडिएको आफ्रिन क्षेत्रबाट वाइपीजी लडाकुलाई धपाउन चाहन्छ जुन समूहलाई उसले आतंकवादी भन्दै आएको छ।