महोत्तरीमा घरेलु हिंसाका घटना २७६
सहयात्रा टिभी
महोत्तरी । महोत्तरीमा महिलामाथि गरिने शारीरिक, मानसिक, सामाजिक तथा बौद्धिक शोषण, दमन, यातना र दुर्व्यवहारका घटना बढेका छन् । अपहेलना, यातना, तिरस्कार, बोक्सीको आरोप, जवर्जस्ती करणी, वैवाहिक करणी, सम्बन्ध विच्छेद, बहुविवाह, बालविवाह, दाइजो प्रथा, कुटपीट, घुम्टो प्रथा, गालीगलौज, विधवा प्रथा, जस्ता घटना बृद्धि भएका हुन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) महोत्तरीको प्रतिवेदन २०१७ का अनुसार ६ सय ६ वटा मानव अधिकार उल्घंनको घटनामध्ये महिला तथा घरेलु हिंसाका २ सय ७६ वटा, बहु विवाहका ५, हत्या ८ र यातनाको २, बलात्कार वा बलात्कारको प्रयासका घट्ना १२ घटनाहरु घट्ना भएका छन् ।