प्रदेश सभा संसदीय दलको नेतामा शंकर पोखेरेल
सहयात्रा टिभी
काठमाण्डौँ । माघ -७, प्रदेश संसदका लागि नेकपा एमाले नेता शंकर पोखरेल संसदीय दलको नेता चुनिएका छन्। आज भएको पद तथा गोपनियताको सपथ लिएपछि बसेको प्रदेशसभा संसदीय दलको प्रथम बैठकले पोखरेललाई संसदीय दलको नेता छानेको हो। पोख्रेल प्रदेश नं. ५ बाट प्रदेशसभा सदस्यमा विजयी भएका थिए ।
५ नम्बर प्रदेशको मुख्य मन्त्रीका लागि समेत मुख्य आकाङ्क्षी पोख्रेल संसदीय दलको नेतामा चयन भए पछि प्रदेश नम्बर ५ को स्याथी मुकाम सहमतीमै टुंगिने बताएका छन्। उनले समग्रमा ५ को केन्द्रविन्दु दाङ नै उपयुक्त हुने भएकाले अस्थायी केन्द्र बुटवल भए पनि स्थायी केन्द्र सहमतीकै दाङमा हुने बताए।