नुवाकोटमा सवारी दुर्घटना हुदा एकको मृत्यु ३ घाइते

नुवाकोट । माघ–७ सवारी दुर्घटना हुदा वेलकोटगढी १३ का १७ बर्षिय आशिष तमाङको मृत्यु भएको छ । तामाङलाई उपचारको लागि काठमाडौ लैजादै गर्दा बाटैमा मृत्यभएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । प्रहरीका अनुसार आईतवार दिउँसो १ः३० वजेको समयमा वेलकोटगढी नगरपालिका ११ अमारेमा ना.२ क ५३७५ नं को आईचर मिनिट्रक सडकवाट करिव ८० फिट तल खस्दा तामाङ गम्भिर घाइते भएका थिए । उक्त दुर्घटनामा थप ३ जना घाइते भएको प्रहरीले जनाएको छ ।
घाईते भएका ककनी गाउँपालिका ६ का २५ वर्षिय कुमार तामाङ, ककनी ६ कै २२ वर्षिय किरण तमाङ र वेलकोटगढी ४ का १७ वर्षिय कुमार तामाङलाई उपचारका लागि काठमाडौ खगिएके छ ।