केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एनआरएनको पहलमा सडक दुर्घटना रोक्ने अभियान शुरु

सहयात्रा टिभी

काठमाडौ । गैह्र आवासीय नेपाली संघ (एनआरएन) ले नेपालको सडक दुर्घटना रोक्न अभियान नै थालेको छ । एनआरएनले आईतवार सरकारी निकाय तथा संघसस्थासंग मिलेर नेपालमा भइरहेको भयावह सडक दुर्घटना रोक्ने पहलका लागि वृहत अन्तरक्रिर्या कार्यक्रमको आयोजना गरेको थियो । देशमा भरहेका सडक दुर्घटनाले सयौ नेपालीहरुको अनाहकमा वर्षेनी ज्यान गईरहने हुँदा यो कार्यक्रम आयोजना गरिएको एनआरएनले जनाएको छ ।

विदेशिएकाले पनि अब नेपाल सरकारसँग मिलेर विदेशमा सिकेको सिप र ज्ञान नेपालमा सिकाउदै दुर्घटना न्युनिकरण गर्नको लागि पहल गर्नु अहिलेको आवस्यकता ठानेर कार्यक्रम आयोजना गरिएको संस्थाले जनाएको छ । एनआरएनएले आइसिसी रोड सेफ्टी विभागसमेत गठन गरेको छ ।

प्रकाशित : 22 January, 2018

प्रतिक्रिया दिनुहोस्