केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पूर्व मन्त्री लेखक र कतारका सामाजिक मामिला मन्त्रीबिच भेटबार्ता

सहयात्रा टिभी

कतार । माघ ८ – नेपाली जनसम्पर्क समिति कतारद्वारा आयोजित शुभकामना आदानप्रदान तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन कतारको राजधानी दोहामा पूर्व श्रम मन्त्री एवम नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखक र कतारका प्रशासकीय विकास, श्रम तथा सामाजिक मामिला मन्त्री डाक्टर इसा साद ए अल नैमीबिच भेट्वार्ता भएको छ । लाखौँ नेपालीहरुलाई रोजगारी दिएकोमा कतार सरकारलाई धन्यवाद दिँदै पूर्व मन्त्री लेखकले मा आफू श्रम तथा रोजगार मन्त्री हुँदा गरिएको द्विपक्षीय श्रम सम्झौताको प्रभावकारिता बारे जिज्ञासा राख्नुभउको थियो । जवाफमा मन्त्री नैमीले सम्झौताले नेपाली कामदारलाई कानुनी अधिकार दिएको र रोजगारदाता र कामदार दुवै पक्षलाई फाइदा पुर्याकएको बताउनु भएको थियो ।

पूर्व मन्त्री लेखकले२००८ भेटकै अवसरमा वैदेशिक रोजगारीमा कतारमा रहेका नेपालीले सम्झौता अनुसार काम र तलब नपाउने र पाइहाले पनि समयमा तलब नपाउने, साथै एक पटकमा एक हजार रियल भन्दा बढी पैसा नेपाल पठाउन नपाउने समस्या लाई उठाउनु भएको थियो । साथै मन्त्री नैमीले दुई देशका प्रतिनिधि सम्मिलित समिति बनाएर सबै समस्या समाधानका लागि काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ । भेटमा पूर्व मन्त्री लेखकसँगै कतारका लागि नेपाली राजदुत प्राध्यापक डाक्टर रमेश कोइराला लागायत दूतावासका उच्च अधिकारी समेत सहभागी हुनुहुन्थ्यो ।

प्रकाशित : 22 January, 2018

प्रतिक्रिया दिनुहोस्