केपी ओली प्रचण्ड माधव नेपाल एमाले


धनकुटामा निषेधाज्ञा खुल्यो

सहयात्रा टिभी

धनकुटा । माघ-८, प्रदेशिक राजधानीको माघ राख्दै धनकुटामा गरिएको आन्दोलनले उग्र रुप लिए पछि पाँच दिन देखी लगाइएको निषेधाज्ञा सोमबार ३ बजे देखि मंगलबार ७ बजे सम्मको लागि हटाइएको छ ।

 

सरकारले प्रदेश नंं. एकको अस्थायी राजधानी बिराटनगरलाई तोकेपछि आन्दोलन चर्किएको थियो । सरकारी कार्यालय र सवारी साधानमा तोडफोड र आगजानी हुन थालेपछि स्थानीय प्रशासनले माघ ४ गते बिहीबारदेखी कर्फ्र्यु र माघ ५ गते देखि निषेधाज्ञा जारी गरेको थियो ।
धनकुटाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतिले दिन देखि लगाइएको निषेधाज्ञा बजारको शान्ति सुरक्षा सुदृढ हुँदै गएपछि छोटो समयका लागि निषेधज्ञा हटाइएको बताउनु भयो ।

प्रकाशित : 22 January, 2018

प्रतिक्रिया दिनुहोस्