केपी ओली प्रचण्ड माधव नेपाल एमाले


‘धुर्मुस सुन्तली’ ले निर्माण गरेको नमूना बस्तीप्रति बढ्दो आकार्षण

सहयात्रा टिभी

रौतहट । माघ–९ रौतहटको चन्द्रपुर नगरपालिका–८, सन्तपुरमा निर्माण भइरहेको एकीकृत नमुना सन्तपुर बस्तीले यसक्षेत्रको आकर्षण बढाएको छ ।

धुर्मुस सुन्तली फाउन्डेसनले १२ कठ्ठा जमिनमा निर्माण गरिरहेको वस्तीमा व्यवस्थित सडक, ढल निकास, धारा, बिजुली बत्ती, भ्यू–टावर, सामुदायिक भवन, प्राथमिक विद्यालय, नमूना क्लब घर, चिड्रेन पार्क र मन्दिरसहित ४७ आवासीय घर रहेका छन् ।

यो बस्ती निर्माणको काम अन्तिम चरणमा पुगेसँगै नमूना वस्ती हेर्न आसपासका सर्वसाधारणसमेत आउन थाालेका छन् ।

निर्माणको अन्तिम चरणमा रहेको यो नमूना बस्ती तराई मधेसको पर्यटकीय गन्तव्य बन्ने सम्भावना रहेको छ ।

५ करोड ९५ लाख रुपैयाँको अनुमानित लागतमा निर्माण सुरु गरिएकोे बस्तीका लागि अझै करिब १ करोड ३० लाख रुपैयाँ अपुग रहेको फाउन्डेसनले जनाएको छ ।

प्रकाशित : 23 January, 2018

प्रतिक्रिया दिनुहोस्