वाम गठबन्धन र मधेशी दल नजिकिँदै

सहयात्रा टिभी

काठमाडौं । माघ–९, नेकपा एमाले संसदीय दलको कार्यालय, सिंहदरबारमा बिहान वाम गठबन्धन , राजपा र संघीय समाजबादी फोरम बीच भएको संयुक्त भेटवार्तामा नयाँ सरकार गठन, राष्ट्रियसभाको चुनाव लगायत विषयमा सहकार्य गर्न सकारात्मक भएका छन् । एमाले स्थायी कमिटीका सदस्य सुवास नेम्वाङका अनुसार स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको जनादेशबमोजिम मुलुकलाई अगाडि बढाउने विषयमा सकारात्मक छलफल भएको थियो ।

आजको छलफलमा देशको नेतृत्व एमालेले र २ नम्बर प्रदेशकोमा मधेस केन्द्रित दलले नेतृत्व गर्नेमा एकमत देखिएको हो । यी दलहरु बीच ठोस सहमति भएमा वाम गठबन्धन र मधेशी दलबीच आसन्न राष्ट्रियसभा सदस्यको चुनावमा तालमेल हुने सम्भावना रहेको छ । बैठकमा एमालेका नेम्वाङ र अग्निप्रसाद खरेल, माओवादी केन्द्रका वर्षमान पुन र यादव, राजपाका सर्वेन्द्रनाथ शुक्ल र केशव झा तथा फोरमका राजेन्द्र श्रेष्ठ सहभागी हुनुहुन्थ्यो ।

प्रकाशित : 23 January, 2018

प्रतिक्रिया दिनुहोस्