केपी ओली प्रचण्ड माधव नेपाल एमाले


‘कान्छी’ को ट्रेलर सार्वजनिक (भिडियोसहित)

सहयात्रा टिभी

काठमाडौ । माघ–९ फागुन ४ गतेबाट प्रदर्शनमा आउन लागेको प्रतिक्षित फिल्म ‘कान्छी’ को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलवार काठमाण्डौको क्यूज हलमा आयोजना भएको कार्यक्रममा फिल्मका कलाकार र निर्माणपक्षको उपस्थितीमा ट्रेलर सार्वजनिक गरेको हो ।

गीत सार्वजनिक भएसँगै एकाएक चर्चामा आएको यो ‘कान्छी’ लाई कोहिनूरु फेम निर्देशक आकाश अधिकारीले निर्देशन गरेका हुन् । नायिका श्वेता खड्का र नायक दयाहाङ राई फिल्मका प्रमुख कलाकार हुन् ।

यो फिल्ममा अनु शाह, प्रज्जवल सुजल गिरी र तेश्रोलिङ्गी अभियान्ता भूमिका श्रेष्ठको पनि अभिनय छ । मुस्ताङ, अप्पर मुस्ताङ, जोमसोम र राजधानी लगायतका ठाउँमा खिचिएको यो फिल्मलाई श्वेता आफैंले निर्माण गरेकी हुन् । शैलेश खड्का निर्माता रहेको फिल्ममा रविन खड्का निर्माताको रुपमा रहेका छन् ।

                  भिडियो

प्रकाशित : 23 January, 2018

प्रतिक्रिया दिनुहोस्