राष्ट्रियसभा सदस्य निर्वाचनका लागि पनि गठबन्धन

सहयात्रा टिभी

काठमाण्डौँ । माघ- १०, राष्ट्रियसभा निर्वाचन अन्तर्गत आज उम्मेद्ववारको मनोनयन हुँदै गर्दा पार्टीहरुले उमेद्वारी चयनमा गठबन्धन गरेका छन । एकातर्फ नेकपा एमाले र नेकपा माओबादीको बाम गठबन्धनले ४३ सिटमा उम्मेदवारी तय गरेको छ। अर्को तर्फ प्रदेश २ मा राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरमले नेपाली कांग्रेससँग चुनावी तालमेल गर्ने भएको छ। प्रदेश नम्बर २मा राजपा, काँङ्ग्रेस र संघीय समाजवादी फोरमले राष्ट्रियसभा उम्मेदवारमा समान २-२ सिट बाँडफाँड गर्ने सहमति बनेको हो ।


केही समय देखि नै दुई मधेसबादी दलहरु बीच वाम गठबन्धनसँग या काँङ्ग्रेस सँग तालमेल गर्ने भनी बहस चलेको थियो । हिजोमात्र बसेको बाम गठबन्धन र यी दुईदलहरु बीच बसेको बैठक सकारात्मक भएको भनिएता पनि अन्ततः उनीहरुले कांग्रेससँग तालमेलको निर्णय गरेका हुन्।

प्रकाशित : 24 January, 2018

प्रतिक्रिया दिनुहोस्