‘नेपाल अन्तर्र्रािष्ट्रय व्यापार मेला’ फागुन २४ गतेबाट शुरु

नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा ‘नेपाल अन्तर्र्रािष्ट्रय व्यापार मेला’ फागुन २४ गतेबाट शुरु हुने भएको छ ।
नेपालमा अन्तर्र्रािष्ट्रय लगानी तथा प्रविधि आकर्षण गर्न तथा स्वदेशी उत्पादनको अन्तराष्ट्रिय बजार प्रवद्र्धन गरी समग्र मुलुकको अर्थतन्त्रलाई उकास्न सघाउ पु¥याउने उद्देश्यले मेला आयोजना गर्न लागेको हो।
राजधानीमा भृकुटीमण्डपमा आयोजना हुने सातौं व्यापार मेलाको लागि मंगलबारबाट स्टल बुकिङ खुल्ला गरिएको महासंघले जनाएको छ।
आयोजकका अनुसार मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको ३ सयभन्दा बढी स्टल रहनेछ । मुलुकबाहिर सार्क मुलुकहरू, चीन, थाइल्याण्ड, मलेशिया लगायतका देशहरूको सहभागिता रहनेछ।
शिक्षा, औषधि, फलाम तथा स्टील, सवारी साधन लगायतका पनि छुट्टाछुट्टै स्टलहरू रहने अयोजकले जानकारी दिएको छ।
विभिन्न देशबाट आउने व्यापारिक प्रतिनिधिहरुसँग भेटघाट तथा द्विपक्षीय व्यापार प्रवद्र्धन तथा लगानी वारे छलफल हुने सो मेलाको स्वदेशी र विदेशी गरी करिव २ लाख अवलोकनकर्ताहरूले अवलोकन गर्ने आयोजकले जनाएको छ।
मेला माघ २८ गते सम्म चल्नेछ ।