केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भक्तपुरमा लुटपाट

सहयात्रा टिभी

भक्तपुर । माघ- १०, भक्तपुरको सूर्यबिनायक नगरपालिका स्थित सिपाडोलमा एक परिवारलाई कब्जामा लिइ एक हतियारधारी समूहले लुटपाट गरेका छन् । सिपाडोलमा कुखुराको ब्यवसाय गर्दै आएका काभ्रे ज्याम्दी गाउँपालिका–९ स्थायी घर भएका रामबहादुर तामाङको परिवारलाई हतियारधारी समूहले पेस्तोल देखाएर लुटपाट गरेको प्रहरीले जनाएको छ । घटनाको खबर बिहान ४ः३० बजे प्रहरीमा गए लगत्तै प्रहरी घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ ।


प्रहरीको प्रारम्भीक अनुसन्धानमा नकाबधारी समूहलेभित्र रिभल्वर देखाउँदै घरका सबै १० जनाको परिवारको मोबाइल खोसी सबैलाई डोरीले बाधेर लुटेराले १० वटा मोबाइल, एक मोटरसाइकल, करिब १८ तोला सुन, नगद रु एक लाख ६२ हजार लगायत रु १४ लाख भन्दा बढीको धनमाल लुटपाट गरेको खुलेको छ ।

प्रकाशित : 24 January, 2018

प्रतिक्रिया दिनुहोस्