केपी ओली प्रचण्ड माधव नेपाल एमाले


जहाँ मृतक बच्चाहरुको बिबाह हुन्छ:

सहयात्रा टिभी

माघ- १०,  बिभिन्न ठाउँहरु अनुसार विभिन्न सँस्कृतिहरु हुन्छन् । हाम्रो समाजको विभिन्न सँस्कृतिहरु मध्ये विबाह पनि एक हो । बिभिन्न समुदायमा आफ्नो धार्मिक सँस्कार अनुसार बिवाह गरिन्छ, तर भारतको उत्तर प्रदेशमको एक गाउँमा भने विवाहको निकै अनौठो चलन रहेको छ । उत्तर प्रदेश नजिकै रहेको नटों गाउँमा गाउँलेहरुले आफ्नो परिवारका मृत बच्चाको विवाह गरिदिन्छन् ।

मृतक बालकका आमाबुवा र बालिकाका आमाबुबा एक आपसमा आफ्ना मृतक सन्तानको बिहे गराउने निर्णय गर्दछन् । उनीहरु गुडियालाई मृतक बालक र बालिकाको प्रतिक बनाई र धूमधामसँग रीतिस्थिति अनुसार विवाह गराइन्छ । विवाहमा जिवित सन्तानकै जस्तो गरी भव्य समारोहको आयोजना गरी नाचगान साथै प्रीतिभोज पनि हुन्छ ।
एजेन्सी

प्रकाशित : 24 January, 2018

प्रतिक्रिया दिनुहोस्