केपी ओली प्रचण्ड माधव नेपाल एमाले


गुण्डा नाइके चक्रे मिलनले पाए सफाई

सहयात्रा टिभी

काठमाडौ । अवैध सम्पत्ति राखेको आरोपमा सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्धा खेपिरहेका डन चक्रे मिलनले सफाई पाएका छन् । गुरुङले बुधबार विशेष अदालतबाट सफाई पाएका हुन् । उनले अवैध रुपमा ७ करोड ८ लाख रुपैयाँ कमाएको भन्दै सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले उनीविरूद्ध २०७० जेठमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

उनीहरुमाथि ७ करोड ८ लाख १७ हजार दुई सय ६६ रुपैयाँ ४१ पैसा अवैध रुपमा लुकाएको दाबीसहित विभागले जेल सजाय, जरिबाना र बिगोसहितको माग गर्दै विशेष अदालतमा मुद्धा दायर गरेको थियो ।

बुधबार न्यायाधीशहरु रत्नबहादुर बागचन्द चण्डीराज ढकाल र प्रमोदकुमार श्रेष्ठ वैद्यको संयुक्त इजलासले गुरुङलाई सफाइ दिने फैसला सुनाएको हो ।

प्रकाशित : 24 January, 2018

प्रतिक्रिया दिनुहोस्