केपी ओली प्रचण्ड माधव नेपाल एमाले


६५ वर्षमै वृद्धभत्ता ! भूकम्पपीडितलाई थप एक लाख

सहयात्रा टिभी

काठमाडौ । माघ–११ सरकारले भूकम्प पीडितलाई दिँदै आएको अनुदान रकम बढाउने भएको छ। बुधावार बसेको मन्त्रिपरिषद बैठकले भूकम्प पीडितलाई घर निर्माणको लागि थप १ लाख दिने निर्णय गरेको बाणिज्यमन्त्री मिन विश्वकर्माले बताए।

प्रधानमन्त्री निवास वालुवाटारमा बसेको मन्त्रिपरिषदले बृद्ध भत्ता ६५ वर्ष उमेरमै दिने निर्णय गरेको हो । यस अघि सरकारले ७० वर्षको उमेरमा बृद्ध भत्ता दिँदै आएको थियो।

नीजि व्यवसायको लागि महिला दलित र विपन्न वर्गका मानिसले १ करोड सम्मको कम्पनी दर्ता गर्दा निशुल्क र त्यो भन्दा माथीको कम्पनी दर्ता गर्दा आधा शुल्कको सहुलियत पनि सरकारले दिने भएको बाणिज्यमन्त्री विश्वकर्माले बताए।

प्रकाशित : 25 January, 2018

प्रतिक्रिया दिनुहोस्