केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रदेश ३ को संसद बैठक माघ १८ गते, अरु ५ प्रदेशको अझै अनिश्चित

सहयात्रा टिभी

मकवानपुर । माघ–११ प्रदेश नम्बर ३ को प्रदेशसभाको प्रथम अधिवेशन माघ १८ का लागि बोलाइएको छ । ३ नम्बर प्रदेश प्रमुख अनुराधा कोइरालाले बिहीबार सूचना जारी गर्दै माघ १८ गते दिउँसो १ बजेका लागि प्रदेशसभाको पहिलो बैठक बोलाएकी हुन् ।

प्रदेश बैठक प्रदेशसभास्थल तोकिएको हेटौडास्थित मध्यमाञ्चल क्षेत्रीय निर्देशनालयको भवनमा बस्नेछ । यसअघि प्रदेश सांसदहरुले यहि भवनमा सपथ लिएका थिए ।
प्रदेश सांसद्ले शपथ ग्रहण गरेको २० दिनभित्रमा प्रदेशसभाको प्रथम अधिवेशन गर्नुपर्ने संवैधानिक व्यवस्था छ । प्रदेश ३ सहित सातवटै प्रदेशका सांसद्ले गत माघ ७ गते शपथ लिएका थिए । यसअघि २ नम्बर प्रदेशको माघ २१ गतेका लागि बैठक बोलाइएको छ । २ र ३ बाहेक अन्य प्रदेशको पहिलो बैठकको मिति अझै निर्धारण भइसकेको छैन ।

प्रकाशित : 25 January, 2018

प्रतिक्रिया दिनुहोस्