केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सातै प्रदेश सरकारका प्रमुख सचिव तोकिए

सहयात्रा टिभी

काठमाडौ । माघ–११ सरकारले सातवटै प्रदेशको प्रदेश प्रमुख सचिव तोकेको छ। बुधबार साँझ बसेको मन्त्रिपरिषद बैठकले प्रदेशको प्रमुख सचिव तोकेको हो । मन्त्रिपरिषद्को निर्णय अनुसार हाल क्षेत्रीय प्रशासक रहेका पाँच जना क्षेत्रीय प्रशासक र एक वरिष्ठ सहसचिवको बढुवा गरी प्रदेशको प्रमुख सचिव चयन गरिएको हो।

 

सरकारको निर्णय अनुसार प्रदेश १ को प्रमुख सचिवमा राजेश्वरमान सिंह, २ मा यादव कोइराला चयन भएका छन्।

प्रदेश ३ को रेश्मीराज पाण्डेलाई, प्रदेश ४ को लक्ष्मण अर्याल चयन भएका छन् ।

यसैगरी प्रदेश ५ मा शंकर पाठक, प्रदेश ६ मा सुरेश प्रधान र ७ मा लक्ष्मीराम पौडेललाई प्रमुख सचिवको जिम्मेवारी दिइएको छ।

प्रकाशित : 25 January, 2018

प्रतिक्रिया दिनुहोस्